डोरियन आँधीका कारण बहमासमा ५ जनाको मृत्यु

डिसी नेपाल
१७ भदौ २०७६ १२:००

एजेन्सी। डोरिएन नामक आँधीले बहमासमा कम्तिमा पाँच जनाको ज्यान लिएको छ।

बहमासका प्रधानमन्त्री हबर्ट मिनिसले बताएअनुसार आँधीले देशको उत्तर–पूर्वीस्थित एबाको आइल्याण्डमा पाँच जनाको ज्यान लिएको बीबीसीमा उल्लेख गरिएको छ।

अन्तर्राष्ट्रिय रेडक्रसका अनुसार आँधीका कारण १३ हजार घरहरुमा क्षति पुगेको छ। आँधीले गर्दा आएको बाढीका कारण सडकहरु जलमग्न भएको जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *