गजल
पहाडमा पहिरो चल्यो, तराइमा बाढी
गाउँमा छैनन् युवा कतै, चलिगए खाडी ।
भन्नलाई त विकास भन्छौं, छरेकाछौं सबै
भत्काएर पखेरोलाई, पुगेको छ गाडी ।
कृषिप्रधान देश हाम्रो, कृषक हराउँदा
खेती गर्ने जग्गा बाँझै, बन्यो सबै झाडी ।
बालुवा र ढुंगा बेच्यौं, काट्यौं मास्यौं रुख
खोला पनि बग्न थाल्यो आफ्नो बाटो छाडी ।
बदलियो जलवायु, बदलियो थिति,
समयले सुस्त सुस्त छामेको छ नाडी ।
प्रतिक्रिया
















Facebook Comment