करेन्ट लागेर काम गरिरहेका किसानको मृत्यु
जनकपुरधाम । धनुषामा विद्युतीय मोटर चलाएर खेतमा सिँचाइ गरिरहेका एक किसानको करेन्ट लागेर ज्यान गएको छ।
धनुषाको हंसपुर नगरपालिका-३ मलहनिया बस्ने ६० वर्षीय असर्फी महराको करेन्ट लागेर ज्यान गएको हो।
बुधबार दिउँसो पौने ४ बजेतिर आफ्नै खेतमा पानी सिँचाइ गर्ने क्रममा मोटरमा जडान गरिएको तार सर्ट भएर करेन्ट लागेर उनी घाइते भएकामा उपचारका लागि स्थानीय क्लिनिक हंसपुरमा लगिए पनि चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment