एनआरएनए अष्ट्रेलिया नर्दन टेरीटोरी : कोषाध्यक्षमा सन्दीपको उम्मेदवारी
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको नयाँ कार्यसमितिका लागि सन्दीप भुषालको नर्दन टेरीटोरी राज्यको कोषाध्यक्ष पदमा उम्मेदवारी परेको छ।
निर्वाचन समितिका अनुसार कोषाध्यक्ष पदमा भुषाले उम्मेदवारी दर्ता गराएका हुन्। भुषाल लामो समयदेखि स्वयम सेवकका रुपमा काम गरी समुदायको बिचमा लोकप्रियता हाँसिल गरिसकेका उम्मेदवार हुन्। उनले उक्त पदलाई थप मर्यादित, जिम्मेवार र उत्तरदायी बनाउने कुरामा जोड दिएका छन्।
नर्दन टेरीटोरीमा अध्यक्ष पदका लागि भवानी पौडेल, उपाध्यक्षमा रविन भुषाल, सचिवमा आकाश बुढाथोकी तथा युथ कोअर्डिनिडेरमा अनुपम ढुंगाना बलियो दाबेदारका रुपमा देखिएका छन्। नर्दन टेरीटोरी राज्यमा २६ जुलाईमा एनआरएनए अष्ट्रेलियाको नयाँ कार्यसमितिका निर्वाचन हुँदैछ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment