मोटरसाइकल दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् र छोरा घाइते
काठमाडौं । काभ्रेपलाञ्चोकको पनौतीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।
पनौती नगरपालिका ३ बगुवास्थित कुशादेवीबाट आशापुरी मन्दिर जाँदै गरेको बा ६२ प ६६१० नम्बरको मोटरसाइकल शनिबार बिहान दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार पनौती ५ बस्ने ३२ वर्षीया सुजना खत्रीको मृत्यु भएको छ। उनको शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
यस्तै उनका श्रीमान् मोटरसाइकल चालक ३२ वर्षीय विजय थापा र उनका छोरा ५ वर्षीय बीएन्स थापा घाइते भएका छन्।
विजयको बायाँ खुट्टाको गोलीगाँठामा चोट रहेको छ भने बीएन्सको निधारमाथि टाउकोमा चोट रहेको छ। उनीहरू दुवै जनाको शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। सुजनाको शव पोस्टमार्टमका लागि धुलिखेल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment