जापानमा रेल दुर्घटना एकको मृत्यु, ७ जना गम्भिर घाईते

डिसी नेपाल
१९ भदौ २०७६ १३:४९

टोकियो। जापानमा विहीवार बिहान यात्रुवाहक रेल समानले भरिएको ट्रकसँग ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा एक जना ६७ वर्षीय वृद्धको ज्यान गएको छ । गम्भिर घाईते भएका उनको उपचारको क्रममा अस्पतालमा ज्यान गएको हो । त्यस्तै ३० जना भन्दा बढी यात्रु घाईते भएको जापानी सञ्चार माध्यमहरूले जनाएका छन्।

राजधानी टोकियो नजिकै योकोहामा शहरको कानागावा सिम्माची र नाकाकिदो रेल स्टेशनबीचमा केईक्यु लाईनको रेल विहीवार बिहान ११.४० बजे दुर्घटनामा परेको थियो।

ट्रकसँग ठोक्किँदा रेलको अगाडिको डिब्बामा रहेका धेरै यात्रु घाईते भएका हुन् । घाइतेमध्ये ७ जनाको अवस्था गम्भिर रहेको बताईएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *