एडीबीका परियोजनाको प्रगति सन्तोषजनक

डिसी नेपाल
१९ भदौ २०७६ १४:४६

काठमाडौं। एशियाली विकास बैंक (एडीबी)द्धारा संचालित पुनर्निर्माण र ऊर्जा उत्पादनसम्बन्धि परियोजनाको प्रगति सन्तोषजनक रहेको पाइएको छ।

एडीबीले नेपालमा संचालन गरेका परियोजनाबारे समिक्षा गर्न बिहीबार काठमाडौंमा बसेको दाता, सरकार र कार्यान्वयनकर्ताहरुको त्रिपक्षीय समिक्षा बैठकमा एडीबीले लगानी गरेका सो दुई परियोजनाको प्रगति सन्तोषजनक रहेको निष्कर्ष निकालिएको हो।

एडीबीले हाल नेपालमा ३१ वटा परियोजनामा काम गरिरहेको छ। ती मध्ये पुनर्निर्माण र उर्जा उत्पादनको क्षेत्रको काम भने लक्ष्य अनुसार अघि बढिरहेको एडीबीका देशीय निर्देशक मुख्तोर खामुदखानोभले बताए।

उनले सो परियोजनाको कामलाई अघि बढाउन नेपाल सरकारले देखाएको तत्परताको पनि खुलेर प्रशंशा गरे एडीबीले नेपाल सरकारको तत्परताकाकै कारण नेपाललाई अधिक ऋण उपलब्ध गराइएको पनि स्पष्ट पारेको छ। देशीय निर्देशक मुख्तोरले नेपालमा दिइएको ऋण ५९ करोड २० अमेरिकी डलर पुगेको पनि जानकारी दिए। उनले नेपालको विकासका लागि एडीबीले अझै सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।

कार्यक्रममा बोल्दै अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले एडीबीले नेपालको विकास, निर्माणका काममा गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे। उनले एडीबीद्धारा नेपालका संचालित परियोजनाहरु समयमै सम्पन्न गर्न सम्वद्ध सबै पक्ष इमान्दार हुनुपर्ने र त्यसमा नेपाल सरकारले सहजकर्ताको भूमिका निर्वाह गर्न सदा तयार रहने प्रतिवद्धता व्यक्त गरे।

एडीबीले हाल नेपालमा २ खरव भन्दा बढिको परियोजना संचालन गरिरहेको छ। त्यसमध्ये सबैभन्दा बढि लगानी सडक पूर्वाधार, उर्जा र खानेपानीमा रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *