पुरुषोत्तमको गायन तथा अभिनयमा ‘पुनर्जन्म…’ [भिडियो]
काठमाडौं। शुभतारा म्युजिक प्रा.ली.को प्रस्तुती रहेको मार्मिक लोकदोहोरी गीत ‘पुनर्जन्म’ सार्वजनिक गरिएको छ।
गीतमा पुरुषोत्तम गैरे र गीताञ्जली योगीले स्वर दिएका छन्। यस गीतमा पुरुषोत्तमकै शब्द/संगीत छ। भिडियोमा पनि गायक पुरुषोत्तमले अभिनय गरेका छन्। उनीसंग मोडल सारिका के.सी.देखिएकी छन्। यी दुईको विछोडको भावलाई गीतमा भिडियोमा देखाईएको छ। गीतको भावअनुसार भिडियो तयार पारिएको छ।
भिडियोलाई स्मृति तिमिल्सिना (गुरुआमा)ले निर्देशन गरेकी हुन्। सुरेश श्रेष्ठको छायाँकन, प्रकाश धमलाको सम्पादन छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment