नारायणगढ मुग्लिन सडक राति नौ बजेपछि बन्द रहने
चितवन । आइतबार राति नौ बजेदेखि भोलि सोमबार बिहान ५ बजेसम्म नारायणगढ मुग्लिन सडकमा गाडी चल्न रोक लगाएको छ।
पहिरोको जोखिम रहेको भन्दै जिल्ला सुरक्षा समिति चितवनले यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए।
इच्छाकामना गाउँपालिका वडा नं ५ तुइनखोला मुग्लिङ-नारायणगढ सडक खण्ड पहिरोका कारण शुक्रबार साँझदेखि अवरुद्ध थियो।
४५ घण्टापछि आइतबार दिउँसोबाट एकतर्फी सञ्चालनमा आएको छ। तर, उक्त क्षेत्रमा सुख्खा पहिरो जोखिम कायमै रहेकोले मानवीय सुरक्षालाई मध्यनजर गर्दै आज रातको ९:०० बजेदेखि भोलि बिहान ५:०० बजे सम्म सवारी आवागमन बन्द गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment