अवरुद्ध पृथ्वीराजमार्ग खुल्यो

डिसी नेपाल
७ असोज २०८२ १६:३७
60
Shares

मलेखु (धादिङ)। अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी नै खुलेको छ। बेनिघाट रोराङ गाउँपालिका–१० जवाङखोलामा सोमबार राति १० बजेदेखि सुक्खा पहिरोले राजमार्ग अवरुद्ध भएको थियो। जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक भेषराज रिजालले पहिरो पन्छाएर राजमार्ग खुलाएको जानकारी दिए।

उनका अनुसार तत्कालका लागि पहिरो पन्छाए पनि जोखिम टरिसकेको छैन। डोजरले पन्छाउँदै जाने पहिरो थपिँदै गर्ने क्रम चलिरहेको प्रहरी उपरीक्षक रिजालले जानकारी दिए।

रोकिएका सवारीहरु आफ्नो गन्तव्यतर्फ लागेका छन्। यस क्षेत्रमा सवारीको चाप उच्च भएकोले जामको समस्या पनि छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *