महाराजगञ्ज वृत्तका प्रहरीको कुटपिट गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ

डिसी नेपाल
७ असोज २०८२ २०:४२
1.3k
Shares

काठमाडौं। प्रहरीले गत भदौ २४ गते काठमाडौंमा भएको ‘जेनजी’ युवाहरूको आन्दोलनको क्रममा महाराजगञ्ज वृत्तका प्रहरीको कुटपिट गरी हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक घर भई हाल काठमाडौं बालुवाटारस्थित एक मासु पसलमा काम गर्ने २५ वर्षीय युवराज क्याप्छाकी रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पूर्णिमा चन्दले राससलाई जानकारी दिए।

उनले भने, ‘क्याप्छाकीले गत भदौ २४ गतेको ‘जेनजी’ युवाहरूको आन्दोलनको क्रममा महाराजगञ्ज वृत्तका प्रहरीलाई कुट्दै गरेको भिडियो सार्वजनिक भएको र सोही भिडियोको आधारमा पक्राउ गरिएको हो।’

पक्राउ परेका क्याप्छाकी विरुद्ध जिल्ला अदालत काठमाडौंबाट म्याद थप भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। आन्दोलनका क्रममा महाराजगञ्ज वृत्तका प्रहरी सहायक निरीक्षक मिलन राय र जवान उत्तम थापाको हत्या भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *