बाढी-पहिरोले अवरुद्ध राजमार्गको अवस्था के छ? कुन-कुन खुले, कुन छन् बाँकी?

डिसी नेपाल
९ असोज २०८२ ९:०९
72
Shares

काठमाडौं । बाढी-पहिरोका कारण अवरुद्ध सडक खुलाउने क्रम जारी छ। पहिरोका कारणले अवरुद्ध भएका केही सडक सञ्चालनमा आइसकेका छन्। तर अझै पनि केही सडक खुल्न सकेका छैनन्। पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ।

पृथ्वी राजमार्गको घोप्टेभिर र जवाङ खोलापहिरो हटाई यातायात सुचारु गरेको नागढुङ्गामुग्लिङ सडक योजनाले जानकारी दिएको हो। गएराति जवाङ खोलालगायतका स्थानमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प भएको थियो।

त्यस्तै काठमाडौँ उपत्यकालाई देशका विभिन्न स्थानसँग जोड्ने मुख्य सडक मुग्लिन-नारायणगढ सडक खण्डपूर्ण रुपमा अवरुद्ध छ।

तुइनखोलामा आज पनि पहिरो पन्छाउने क्रम जारी नै रहेको सड्क विभाका प्रवक्ता प्रभात झा ले जानकारी दिएका छन्। हिजो साँझपानी परेकाले पहिरो पन्छाउने काम रोकिए पनि आज बिहानैबाट पहिरो पन्छाउने काम सुरु भइसकेको उनले जानकारी दिएकाछन्।

बुधबार राती ठुलो पानी परे पनी थप पहिरो झरेको छैन् । तर पहिरो पन्छाएर बाटो खुलाउन कम्तिमा दुई दिन लाग्न सक्ने अनुमान गरिएको छ ।त्यस्तै शहिदमार्गमा भने सहज रुपमा यातायात संचालन भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.