तीनसय ४० किलोग्राम गाँजा बोकेको कार नियन्त्रणमा

डिसी नेपाल
१० असोज २०८२ १७:१५
140
Shares

विराटनगर। सुनसरीको बराहक्षेत्र नगरपालिका ५ स्थितबाट ३ सय ४० किलोग्राम लागू औषध गाँजा बोकेको कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

असोज १० गते ०१स४० बजे इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट गस्तीमा खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका–५ स्थित सडक साइडमा वेवासिसे अवस्थामा रहेको कारलाई शंका लागेर चेकजाँच गर्दा उक्त कारभित्र प्लास्टिकमा पोको पारी राखेको ३ सय ४० किलोग्राम गाँजा बरामद गरेको हो।

गाँजा बरामद भएसँगै ओसार पसारमा संलग्न व्यक्तिको खोजतलास भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.