राप्ती प्रतिष्ठानकी पूर्वउपकुलपति डा. संगिता भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्व उपकुलपति प्रा.डा. संगिता सिंह भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले स्वास्थ्य सामग्री खरिदमा घोटाला भएको भन्दै भण्डारीसहित १३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राध्यापक रहेकी भण्डारी भ्रष्टाचार मुद्दा दायर भएसँगै निलम्बनमा परेकी छिन्।
भण्डारी उपकुलपति हुँदा प्रतिष्ठानले लुम्बिनी हेल्थकेयर प्रालिसँग ११ करोड ४५ लाख रुपैयाँमा एमआरआई मेसिन खरिद गर्दा भ्रष्टाचार भएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
भण्डारीका पालामा खरिद गरिएको ७ करोड ४५ लाख रुपैयाँको सिटी स्क्यान मेसिन र २ करोड २० लाख रुपैयाँ परेको ट्रान्सफर्मरको विषयमा पनि अख्तियार विस्तृत अनुसन्धान गरिरहेको छ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment