बारा र पर्सामा लक्षित जनसङ्ख्याको ७१ प्रतिशतलाई हैजाविरुद्धको खोप लगाइयो

डिसी नेपाल
१ कार्तिक २०८२ १४:२९
24
Shares

काठमाडौ बारा र पर्सामा कुल जनसङ्ख्याको ७१ प्रतिशतलाई हैजाविरुद्धको खोप दिइएको छ

स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले बारा र पर्सा दुवै जिल्लाको १० लाख १८ हजार ६० लक्षित जनसङ्ख्यामध्ये सात लाख २३ हजार ८३६ ले खोप लिइसकेको जानकारी दिए।

खोप शाखाले उपलब्ध गराएको विवरणअनुसार हैजा रोगविरुद्धको खोप अभियानको प्रारम्भिक तथ्याङ्कमा पर्सामा अभियान सुरु भएको छैँठो दिनमा छ लाख ५२ हजार १२९ जनामा हालसम्म चार लाख ५६ हजार ७७८ जनाले खोप लिइसकेका छन् यसैगरी बारामा तीन लाख ६५ हजार ९३१ मा दुई लाख ६७ हजार ५८ जनाले खोप लिइसकेका छन्

पर्सामा फैलिएको हैजा महामारीको प्रतिकार्यस्वरूप जिल्लाका सबै स्थानीय तह र पर्सासँग सिमाना जोडिएका बाराका छ वटा स्थानीय तहहरु, कलैया उपमहानगरपालिका, जितपुरसिमरा उपमहानगरपालिका, परवानीपुर गाउँपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका र विश्रामपुर गाउँपालिकामा एक वर्ष उमेर माथिका सबैलाई हैजाविरुद्ध खोप दिइँदैछ

असोज २६ देखि पर्सा र २७ देखि बारामा सुरु भएको अभियान हाल सबै स्थानीय तहमा उत्साहका साथ सञ्चालन भइरहेको खोप शाखा प्रमुख डा गौतमले जानकारी गराए।ले भने, हाललाई भोलिसम्म अभियानलाई निरन्तरता दिन्छाँै कति सकिन्छ त्यसका आधारमा तिहारपछि सञ्चालन गर्ने योजना छ

नेपाल सरकारले पर्सा र बारामा देखिएको हैजा महामारीको उच्च जोखिमलाई ध्यानमा राखी खोप अभियान सञ्चालन गरेको हो सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका कार्यालय, नियमित खोप सेवा सञ्चालन गर्ने बाह्य खोप केन्द्र, मन्दिर, मस्जिद, बसपार्क, नेपालभारत सिमानाका मुख्य नाका, उद्योग, कारखाना, इँट्टाभठ्ठा जस्ता स्थानहरूबाट खोप खुवाइँदै छ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.