जानकी मन्दिरमा ट्रफीको पूजा गर्दै एनपीएल टुर सकियो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा विजेता टिमले पाउने ट्रफीको टुर जकपुरधाममा गराइएको छ।
शनिबार जनकपुरधामको जानकी मन्दिरमा एनपिएलको ट्रफीको पुजा गरिएको छ भने नगर परिक्रममा पनि गरिएको छ।
एनपिएलका आयोजक टिम, क्यानका पदाधिकारी, जनकपुर बोल्टस टिमका सदस्य र क्रिकेट प्रेमीहरुको उल्लेख्य उपस्थितीमा एनपिएलको ट्रफीसहित जनकपुरको परक्रमा गरिएको छ।
एनपीएलको पहिलो संस्करणको विजेता जनकपुर बोल्टस टिम रहेकोले जनकपुरधामवासी एनपीएलका लागि बढी उत्साहित देखिएका छन्। ट्रफी टुरको बेला जनकपुरवासीले जनकपुर बोल्टस जिन्दावादको नारा लगाएका थिए।
मधेश प्रदेश पछि ट्रफी टुर अन्य प्रदेशहरुमा पनि गरिने जनाइएको छ। एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि हुने भनिएको छ। यस पटक हुने सिजन दुई थप उत्साहले भरिएको हुने र दर्शकलाई थप मनोरञ्जन दिने किसिमले तयारी गरिएको आयोजक कमिटिले जानकारी दिएको छ।







डिसी नेपाल







Facebook Comment