स्थानीयको चन्दा र श्रमदानबाट प्रहरी भवन पुनःनिर्माण

डिसी नेपाल
१ कार्तिक २०८२ १७:२७
12
Shares

रौतहट । रौतहटमा जेनजी आन्दोलनका क्रममा क्षति पुगेको प्रहरी कार्यालय भवन पुनःनिर्माण गरि हस्तान्तरण गरिएको छ।

गत भदौ २४ गते आन्दोलनका क्रममा जेनजीहरुले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको भवनमा आगजनी गरेका थिए।

भवनमा आगजनी छि बस्न अयोग्य भएपछी स्थानीयवासीहरूले चन्दा र श्रमदानबाट भवन पुनःनिर्माण थालेको करिब दुई महिनापछि हस्तान्तरण गरिएको हो।

उक्त भवन शनिबार प्रहरीलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रहरी नायव उपरीक्षक रुपा लाबुङले जलेको भवन भवनको पुनःनिर्माण गरी प्रहरीलाई बस्न र प्रशासनिक एवम अनुसन्धानमा सहज पुर्याएकोमा भवन निर्माणका अभियन्ताप्रति अभार व्यक्त गरेकी छिन।

भवन पुनःनिर्माणका लागि स्थानीयवासीहरूले नगद, जिन्सी सामग्री र श्रमदानमार्फत सहयोग गरेका हुन्। भवन निर्माणमा चासो राख्ने र अभियान चलाउने शिवराम राउत, बलराम भण्डारी, तेजबिक्रम कार्कीको भूमिका महत्त्वपूर्ण रहेको नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष सञ्जय कार्कीले बताए।

चन्द्रनिगाहपुरका युवाहरूको पहलमा बजारमा रहेको अस्थायी प्रहरी पोष्ट पुनःनिर्माण गरिएको छ। प्रहरी भवन निर्माणमा सहयोग गर्ने चन्दादाताहरुको दान समेत सुनाइएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.