गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

डिसी नेपाल
१ कार्तिक २०८२ २२:१४
24
Shares

गोरखा। प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको छ। गोरखा बजारको विभिन्न स्थानमा चेकजाँच तथा खानतलासी गर्ने क्रममा सो परिमाणको पटका बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पटका बिक्रीवितरण तथा प्रयोग नगर्न÷नगराउन यसअघि प्रहरीले पटकपटक सूचना जारी गरेको थियो। शान्तिसुरक्षा कायम गर्ने उद्देश्यले सो सूचना गरिएको जनाउँदै प्रहरीले पुनः पटका राख्ने तथा पट्काउने गरेरनगरेको चेकजाँच र खानतलासी गरिने जनाएको छ। त्यस्तो कार्य गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गर्ने प्रहरी उपरीक्षक भरत विकले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.