‘स्कुटर’ दुर्घटनामा दुई जनाको मृत्यु

डिसी नेपाल
४ कार्तिक २०८२ ८:३०
3.1k
Shares

भरतपुर । चितवनमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । भरतपुर विमानस्थल नजिकै आज बिहान स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको हो।

गएराति भरतपुर१० स्थित विमानस्थल नजिकै बाप्र ०६००३ प ०६९२ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा परी स्कुटर चालक भरतपुर२१ का २५ वर्षीय सन्दीप घिमिरे र स्कुटर पछाडि सवार सोही स्थानका २८ वर्षीय कुशल अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा दुवै जनाको टाउकामा चोट लागेर गम्भीर अवस्थामा उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.