१ लाख ७९ हजारभन्दा बढी नगदसहित जुम्लामा सात जना पक्राउ

डिसी नेपाल
४ कार्तिक २०८२ ९:२५
52
Shares

मुगु। जिल्ला प्रहरी कार्यालय जुम्लाले चन्दननाथ नगरपालिका१ मा जुवा खेलिरहेका सात जनासहित एक लाखभन्दा बढि नगद बरामत गरेको छ।

जुवाखालामा छापा मार्दा पक्राउ पर्नेहरू जुवा खेलिरहेका बेला नियन्त्रणमा लिइएका हुन्। घटनास्थलबाट १ लाख ७९ हजार २ सय ८५ नगद बरामद गरिएको प्रहरी कायालय जुम्लाले जनाएको छ।

प्रहरीका अनुसार ३६ वर्षीय देसाङ तामाङको घरमा लुकीछिपी जुवा खेलिँदै आएको सूचनाका आधारमा प्रहरी टोलीले कार्तिक २ गते राति अचानक छापा मारेको हो।

प्रहरी नायब उपरीक्षक डीएसपी रबिन बाबु रेग्मीका अनुसार स्थानीय स्रोतबाट प्राप्त सूचनालाई प्राथमिकतामा राख्दै तत्काल टोली परिचालन गरिएको थियो। घटनास्थलमै सात जनालाई पक्राउ गरी नगद सहित आवश्यक सामग्री नियन्त्रणमा लिइएको उनले बताए।

सदरमुकाम क्षेत्रमा पछिल्लो समय जुवातास लगायतका अवैध गतिविधि मौलाउँदै गएको भन्दै स्थानीय बासिन्दाले प्रहरीको कदमको खुलेर प्रशंसा गरेका छन्। उनीहरूले यस्ता गतिविधि नियन्त्रणका लागि निरन्तर अनुगमन र थप कडा कारबाहीको माग समेत गरेका छन्।

अपराधीलाई नछाड्ने हाम्रो नीति छ’, डीएसपी रेग्मीले भने ‘जुवा, सट्टेबाजी, लागुऔषध र अन्य गैरकानुनी क्रियाकलाप नियन्त्रणका लागि विशेष अभियान सञ्चालनमा छौँ।’

केही दिन अघि पनि जुम्लाका विभिन्न क्षेत्रमा प्रहरीले यस्तै कारबाही गर्दै जुवातास खेल्ने व्यक्तिहरूलाई पक्राउ गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.