पोखरामा जुवा खेलिरहेका २० जना पक्राउ

डिसी नेपाल
४ कार्तिक २०८२ १४:१३
196
Shares

कास्की । प्रहरीले पोखराको नयाँजबार, लप्सीबोट र मोहरियाटोलबाट जुवा खेलिरहेका २० जनालाई पक्राउ गरेको छ।

जुवातास खेलिरहेको अवस्थामा उनीहरुबाट नगद ६ लाख दुई हजार १०५ सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी समेत रहेका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।

उनले भने, तिहारको समयमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा छापा मार्दा उनीहरुलाई पक्राउ गरिएको छ प्रहरीले जुवातास खेल्ने र खेलाउनेहरुलाई निगरानी गरिरहेको छ। प्रहरीका अनुसार पोखरा नयाँबजारबाट पाँच जना पक्राउ परेका छन्। उनीहरूको साथबाट दुई सय १२ पत्ती तास र नगद दुई लाख ५१ हजार ४५५ बरामद भएको छ।

यसैगरी पोखरा महानगरपालिका२६ विजयपुरको लप्सीबोट सामुदायिक वनबाट सात जना पक्राउ परेका छन्। उनीहरको साथबाट १४ थान कौडा र ७७ हजार २०५ नगद फेला परेको छ।

यस्तै प्रहरीले पोखरा२ मोहोरियाटोलबाट आठ जना पक्राउ गरेको र उनीहरको साथबाट छ बुक तास र नगद दुई लाख ७३ हजार ४४५ बरामद गरिएको प्रनाउ बस्नेतले जानकारी दि। पक्राउ परेकाहरुलाई अनुसन्धान तथा कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *