भाइटिकाका लागि उपत्यका छाड्ने यात्रुको संख्या बढ्यो

डिसी नेपाल
४ कार्तिक २०८२ १५:४०
28
Shares

काठमाडौं । तिहार अन्तर्गत भाइटिका नजिकिदै जाँदा उपत्यका छाड्ने यात्रुहरूको संख्या बढेको छ।

उपत्यकाका विभिन्न नाकाका साथै बसपार्कहरुमा यात्रुहरुको भिड देखिएको छ। शनिबारदेखि सुरु भएको तिहारको भाइटिकाको बिहानसम्ममा करिव ५ लाख सर्वसाधारण उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ।

उपत्यका बाहिरने सर्वसाधारणका साथै तिहारमा उपत्यका आउने यात्रुहरुको संख्या पनि उतिनै देखिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कार्तिक ३ गते बिहान ६ बजेदेखि कार्तिक ४ गते बिहानसम्म ४० हजार ९ सय ७७ यात्रु बाहिरिदा ४० हजार ४०८ यात्रु उपत्यका प्रवेश गरेको ट्राफिक कार्यालयले जानकारी दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.