लघुकथा : आघात

भूमिका गैरे तिमिल्सिना
८ कार्तिक २०८२ ७:१६
32
Shares

एक्कासी! खङ्ग्रङ्ङ तर्सिएर बसेको ठाउँबाट उठे।

त्यो देखेर हरिकला डराई। “हैन, के भयो बुढा, किन ओठ मुख सुकाएको?” उसले प्रश्न तेर्स्याई

तेरा बाजे, सुनिछैनस्,
“पल्लाघरमा एकैचोटी पटका पड्काएको आवाज, आफ्नो कानको जाली फुटे जस्तो छ। खाली स्वाँ मात्र गरिराछ।” उनीले कर्कश पोखे।

एकछिन फलाके, रिसाए पनि। फेरि आफ्नै धन्दामा लागे र मनमनै गुने, “लक्ष्मीपूजाको उत्सव त घर-घरमा बत्ती बालेर मनाइने उज्यालोको पर्व हो । मान्छेहरू किन कोलाहल मच्चाएर जोखिम मोल्न रूचाउँछन्, कुन्नि?”

उनले आवाज दिइन् तर सुनेनन्। ” नजिकै गएर आज लक्ष्मीपूजा, सामग्री तयार छ, गाई पुज्न जानोस्।” उनले भनिन्।

केही नबोली पूजा सकेर पिँढीमा बसे अनि भन्न थाले, “कतै मेरो कान यत्तिकै हुने त होइन, यदि सन्चो भएन भने के हुन्छ ?” उनले बिलौना कहे

बुढी, ” बिस्तारै निको होला नि! नआत्तिनुहोस् सब ठिक हुन्छ। उनले ढाडस दिइन्।

माथ्लाघरा पड्काएका थिए क्यारे! अरूको जे गर्यो त्यहीँ नक्कल गर्न सिपालु छन्। अरूको बुद्धिमा करोडपति हुनुभन्दा आफ्नो बुद्धिमा जोगी हुनु बेस। उनले चिच्च्याहट स्वरमा भने।

दुबैका कुरा सुनिरहेका छिमेकी गहन भावमा बोले, ” बोल्नेको पिठो बिक्ने नबोल्नेको चामल कुहिने, जनधनको क्षति हुने गरी चाडपर्व मनाउँनु भएन नि।”

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *