कतारमा भाइटीकाको रमझम

डिसी नेपाल
६ कार्तिक २०८२ २१:११
256
Shares

काठमाडौं। यम पञ्चकको पाँचौं दिन देश तथा विदेशमा भाइटीका मनाउने गरिन्छ। दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै मनाइने यो पर्वको अन्तिम दिन अर्थात् कात्तिक शुक्ल द्वितीयाको दिन यो पर्व मनाउने गरिन्छ।

यस दिन यमुनाले यमलाई टीका लगाएपछि यमराजले बहिनी यमुनाको इच्छा अनुसार यस दिन दिदीबहिनीको हातबाट टीका लगाउनेहरुलाई तेलको धारो नसुकेसम्म र मखमली फूल नओइलिएसम्म मृत्युवरण गर्नु नपर्ने आशीर्वाद दिएका थिए। सोही समयदेखि यो पर्व मनाउन थालियो। यस्तै किंवदन्तीहरुका अनुसार कात्तिक शुक्ल द्वितीया विशेष कारणले महत्वपूर्ण छ।

आजको दिन विदेशमा रहेकाहरुले भए आफ्नै दिदिबहिनीहरुबाट र नभएपनी नातासाइनोका चेलीबेटीबाट तिहारको टीका लगाउने गरेका छन्।

आजभोलि जहाँ-जहाँ नेपाली त्यहाँ त्यहाँ नेपालको चाडपर्व धुमधामले मनाइन्छ। तेह्रथुमका सानू थपलियाले पनि यसपाली आफ्नै दिदिबहिनीको हातबाट शुभ साइतमा मखमलीको माला र सप्तरङ्गी टीका लगाइ कतारमा तिहारको रौनक ल्याएका छन्।

सानू भन्छन्, ‘वर्षौँपछी विदेशमा पनि घरदेशमा जस्तै गरि तिहारको भाइटिका लगाउन पाउँदा कतार नेपाल जस्तै लागेको बताउँछन्।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *