छठ पर्वका लागि काठमाडौं महानगरपालिकाले ८ स्थान तोक्यो

डिसी नेपाल
८ कार्तिक २०८२ ११:४६
80
Shares

काठमाडौं। छठ पर्वलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाले भक्तजनका लागि आठ वटा स्थान तय गरेको जनाएको छ। महानगर प्रहरी बलको कार्यालय, सुन्धारामा आयोजित पत्रकार भेटघाटमा काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेले तयारीको अवस्था बारे जानकारी दिएका हुन्।

उनका अनुसार विगतका वर्षझैं यस वर्ष पनि महानगरपालिकाले श्रद्धालु भक्तजनलाई सहजताका साथ पूजाआजा गर्न सक्ने गरी तयारी अघि बढाइसकेको छ। ‘विगतजस्तै काठमाडौं महानगरपालिकाले छठको लागि आठ स्थान तयार गरेको छ। ती स्थानहरूमा सरसफाइदेखि आवश्यक पूर्वाधार तयार गर्ने काम केही दिन अघिदेखि नै सुरु गरिएको छ।’ पाण्डेले भने।

यी हुन् छठ पर्वका लागि महानगरपालिकाले तय गरेका आठ स्थानहरू

१. कमल पोखरी।

२. गौरीघाट।

३. बोक्सी दह।

४. बागमती दोभान।

५. टंकेश्वर।

६. बल्खु कुमारी क्लब।

७. कुलेश्वर भलिबल ग्राउण्ड।

८. रामघाट।

साथै प्रहरी प्रमुख पाण्डेले भक्तजनलाई ती तोकिएका स्थानहरूमा गई सहज र सुरक्षित रूपमा छठ पर्व मनाउन अनुरोध गरे। उनले महानगर प्रहरी बलले भीड व्यवस्थापन, सरसफाइ र सुरक्षाका आवश्यक व्यवस्था मिलाइसकेको जानकारी पनि दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *