राष्ट्रपति पौडेल छठी माताको पूजामा सहभागी

डिसी नेपाल
१० कार्तिक २०८२ १४:५३
20
Shares

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलका साथ छठ पर्व २०८२ का अवसरमा छठी माताको पूजा आराधना गरेका छन्।

राष्ट्रपति पौडेलले पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अघि बाग्मती किनार गौरीघाटमा तयार गरिएको छठ पूजास्थलमा पुगेर सोमबार छठी माताको पूजा अर्चना गरेकाे राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले पूजा स्थलमा अस्ताउँदो सूर्यलाई अर्घदान गरेका थिए।

राष्ट्रपति पौडेल गुहृेश्वरीमा पुग्दा राष्ट्रिय सभा सदस्य विष्णुदेवि पुडासैनी, पशुपति विकास कोषका पदाधिकारी, काठमाडौं महानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष आशामान संगत, छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *