सशस्त्र प्रहरीद्वारा अन्नपूर्ण बेशक्याम्प बाट १ सय ६२ को उद्वार

डिसी नेपाल
१३ कार्तिक २०८२ ११:१२
36
Shares

काठमाडाैं। सशस्त्र प्रहरी बलले म्याग्दी जिल्लाको अन्नपूर्ण बेश क्याम्पबाट आज बिहानसम्म १ सय ६२ जनाको उद्वार गरेको छ। अब अन्नपूर्ण बेशक्याम्पमा कोही पनि आन्तरिक तथा बाह्य पर्यटक छैनन्। सबैलाई सुरक्षित स्थानमा ल्याइएको छ भने अन्नपूर्ण बेश क्याम्पमा हिउँ पहिरो आइरहेको छ।

सशस्त्र प्रहरी बल बिपद् व्यवस्थापन बेश नारच्याङ म्याग्दीबाट कार्तिक ११ गते उद्वारका लागि सुरक्षा फौज बेशक्याम्पतर्फ गएको थियो। सशस्त्र प्रहरी निरीक्षक बिनोद पौडेलको कमाण्डमा गएको फौजले १७ बिदेशी पर्यटकसहित आज बिहान सम्म १ सय ६२ जनाको उद्वार गरेको हो।

बाक्लो हिमपातका कारण जोखिममा परेका र बाटो पत्ता लगाउन नसकेर अलपत्र परेका पर्यटकहरुको डोरिको सहायताले बाटो पहिल्याउँदै उद्वार गरिएको हो। सबै पर्यटकको उद्वार भएपछि यतिखेर बेशक्याम्प खाली भएको छ।

३ दिनको निरन्तर प्रयासपछि बेशक्याम्प हिँडेका केही पर्यटकलाइ बाटोबाट नै फर्काइएको थियो। बुधबार मात्रै बेशक्याम्पबाट ५२ जना पर्यटक र बाटो बिराएर अलपत्र परेका २० जनालाइ सुरक्षित स्थानमा ल्याइएको थियो। कार्तिक ११ गते बाटोबाट फर्काइएका र आज बिहान पनि बेशक्याम्पबाट तल झारिएकासहित १ सय ६२ जनाको उद्वार भएको हो।

उद्वार गरिएकाहरुलाई अन्नपूर्ण गाउँपालिका-४ गुफाफाँट, सादिखर्क लगायत हिमपात नभएको स्थानसम्म सुरक्षित ल्याइएको छ।

उनीहरु सबै हिमपात नभएको सुरक्षित स्थानमा छ्न्। उद्वार गरिएका केहीमा स्वासप्रस्वास लगायत स्वास्थ्य समस्या देखिए पनि ठूलो समस्या भने देखिएको छैन । माथिल्लो क्षेत्रमा संचार सम्पर्क नभए पनि आज साँझसम्म सबै जना परिवारसँग फोन सम्पर्कमा आउनेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *