साँझ ५ बजेपछि बिपी राजमार्गमा सवारी साधन आवागमनमा रोक
रामेछाप । सिन्धुली जिल्ला प्रशासन कार्यालयले भारी वर्षाका कारण आज साँझदेखि कात्तिक १५ गतेसम्म रातको समयमा बिपी राजमार्गमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ।
जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनालाई ध्यानमा राख्दै उक्त निर्णय गरेको जनाएको छ।
सवारी साधन र यात्रुहरूको सम्भावित मानवीय तथा भौतिक क्षति हुन नदिन, कात्तिक १३ र १४ गते साँझ ५ बजे देखि बिहान ५ बजेसम्म काठमाडौंतर्फ जाने सवारी साधन आवागमनमा रोक लगाइएको प्रशासनले जनाएको छ।
दिउँसोको समयमा पनि भारी वर्षा भएमा सुरक्षा निकायले आवश्यक अनुसार सुरक्षित स्थानमा सवारी साधन रोक्न सक्ने प्रशासनले जनाएको छ।
‘बर्षाद् र बाढी पहिरोबाट सवारी साधन र यात्रुहरूलाई सम्भावित जोखिमबाट हुनसक्ने मानवीय र भौतिक क्षति हुन नदिनको लागि मिति २०८२/०७/१३ र १४ गतेका (साँझ ५ बजे देखि बिहान ५ बजेसम्मको समयमा) लागि बिपी राजमार्गको खुर्कोटबजार, सिन्धुली जिल्लाबाट काठमाडौंतर्फ जाने सवारी साधन आवागमनमा निषेध गरिएको छ।
साथै दिउँसोको समयमा भारी वर्षाको अवस्थामा सुरक्षा निकायले जुनसुकै स्थानमा (सुरक्षित रहने गरी) सवारी साधन रोक्न सक्नेछ। विशेष गरी बिपी राजमार्ग र मध्यपहाडी राजमार्गमा सवारी साधन सञ्चालन गर्दा वर्षा भइरहेको अवस्थामा सवारी साधन नचलाउनु हुन अनुरोध छ’, सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जारी गरेको सूचनामा उल्लेख छ।







डिसी नेपाल






Facebook Comment