चितवनमा बस दुर्घटना, ३३ जना घाइते
चितवन। गौरबाट काठमाडौँतर्फ गइरहेको बस भरतपुर महानगरपालिका-९ टिकौली जंगलमा आज बिहान दुर्घटना हुँदा ३३ जना घाइते भएका छन्।
यहाँस्थित सशस्त्र प्रहरी बल कार्यालयका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार घाइतेहरुको तत्काल उद्धार गरी चितवन मेडिकल कलेज, नेशनल सिटी अस्पताल र भरतपुर अस्पताल पुर्याइएको छ। घाइते सबैको अवस्था सामान्य छ।
दुर्घटनाका कारण केही समय अवरुद्ध भएको सडक केहीबेरअघिदेखि सञ्चालनमा आएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment