अत्यावश्यकबाहेक नारायणगढ-मुग्लिन-मलेखु खण्डमा यात्रा नगर्न अनुरोध

डिसी नेपाल
१४ कार्तिक २०८२ २२:३४
104
Shares

मुग्लिन (चितवन)। अविरल वर्षासँगै पहिरोकोे उच्च जोखिम बढेपछि नारायणगढ-मुग्लिन र पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन-मलेखु सडकखण्डमा यात्रा नगर्न स्थानीय प्रशासनले अनुरोध गरेको छ। जिल्ला प्रशासन कार्यालयले आज साँझ एक सूचना जारी गर्दै वर्षासँगै बिहीबारदेखि स–साना पहिरोहरू निरन्तर खसिरहेकाले अत्यावश्यकबाहेक सकरभर यात्रा नगर्न सबैलाई अनुरोध गरेको हो।

हाल नारायणगढ–मुग्लिन सडकको तुइनभिर र पृथ्वीराजमार्गको मुग्लिन-मलेखु सडकका विभिन्न स्थानमा खसेको पहिरो हटाइ सवारी आवागमन सञ्चालन भइरहेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए। तथापि उक्त खण्ड पहिरोको उच्च जोखिममा पर्ने र पहिरो पनि खसिरहेकाले सकभर यात्रा नगर्न र गर्नैपरे सावधानी अपनाउन उनले आग्रह गरे।

वर्षा निरन्तर भई पहिरोको जोखिम कायमै हुने अवस्था भएमा नारायणगढ–मुग्लिन र मुग्लिन–मलेखु खण्डमा कुनै पनि बेला सवारी आवागमन बन्द गर्न सकिने उनले बताए। उक्त सडकमा यात्रा गर्नुपूर्व जानकारी लिएर मात्र गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ।

यात्रा गर्नपूर्व जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीको नम्बर ९८५५०१३९९९ र जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुखको ९८५५०१७०९९ नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.