प्रमुख प्रशासकीय अधिकृतसहित दुई जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता, ९५ लाख ९८ हजार रूपैयाँ बिगो कायम
काठमाडौं । दाङको गढवा गाउँपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगीसहित दुई जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले योगी र बज्र गुरू कन्सट्रक्सन कम्पनी प्रालि कुपण्डोल, ललितपुर र उक्त प्रालिका प्रबन्धक निर्देशक (एमडी) लक्षम्णकुमार रानाविरूद्ध आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
उनीहरूले नदीजन्य पदार्थ उत्खननमा सम्झौता विपरीत बढी संकलन तथा उत्खनन् भएको परिमाणको राजस्व रकम हिनामिना गरेको अभियोगमा मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ।
अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार उनीहरूले ९५ लाख ९८ हजार रूपैयाँ हिनामिना गरेको अभियोगमा सोही अनुसार बिगो माग दाबी गरिएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment