सहृदयता अन्तर्राष्ट्रिय इजरायलले सातौं बार्षिकोत्सवमा सांगीतिक कार्यक्रम गर्ने

डिसी नेपाल
२५ कार्तिक २०८२ २०:४८
68
Shares

तेल अविव। सहृदयता अन्तर्राष्ट्रिय इजरायलले यही नोभेम्बर १४ मा संस्थाको सातौं बार्षिकोत्सवको अवसरमा एक बिशेष सांगीतिक कार्यक्रम गर्ने भएको छ।

चर्चित गायक दिपक बज्राचार्यको साथमा रिदम व्याण्ड ग्रुप र भर्सटायल गायिका सुनिता कटुवालको लाईभ प्रस्तुति रहने उक्त सांगितिक कार्यक्रम भब्य हुने आयोजकले जनाएको छ।

तेल अविवको स्माेलार्ज अडिटाेरम गेट नम्बर ४ मा हुने उक्त कार्यक्रममा उपस्थिति भएर मनोरञ्जन लिँदै कार्यक्रमलाई सफल बनाउन इजरायलबासी नेपाली र नेपालीभाषीमा अनुरोध गरिएको छ।

सहृदयता अन्तर्राष्ट्रिय इजरायल विज्ञानको बुद्धि, प्रविधिकाे प्रगति, धर्मको विवेक र सहृदयताकाे सम्बन्ध यी आधारशिला चतुष्टयको कसिमा रहि अगाडि बढी रहेको संस्था हो।

जसले नेपाली माटोका हरेक विविधतालाई सम्बाेधन गर्दछ। समान हृदय = सहृदय = सहृदयता लाई संस्थाको दृष्टिकोण (दर्शन) मानेर यो संस्था विगत सात वर्ष देखि इजरायलमा सक्रिय रहँदै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.