लघुकथा : परिस्थिति
पैसा फिर्ता गर्नु पर्दैन।
साथीहरूका बीच गफ्फिएको बेलामा सुरेश एक्कासी रिसाएर भन्यो, ” न फोन उठाउँछ, न त म्यासेज नै हेर्छ।” रवाफिलो स्वरमा ऊ बोल्यो बालापनदेखि सँगै खेलेका साथी सुरेश र रमेश थिए। सबै कुरामा मिले पनि सम्पत्तिको विषयमा यदाकदा मैहुमको फुर्ती देखाइ हाल्थ्यो, सुरेश।
मनले बुझे पनि नबुझे जस्तो गरिरहन्थ्यो, रमेश। उसैको काम गरिदिने, मेलापात, खेती बारीमा हरबखत सघाउँन पछि पर्दैन्थ्यो। उसको दाहिने हात नै भएको थियो, रमेश।
उसकी जहानले सम्झाउँथी, “अर्काको गोठालो भएर बस्नु भन्दा केही इलम गरे हुँदैन। नत कहिल्यै देख्ने हो, न राम्रो भन्छ, सधैंको चाकरी, यस्तै-यस्तै।”
रमेश, ” के गर्छेस त पैसा पनि हुनुपर्याे, छैन, आँफू निम्छरो भएपछि कस्को के लाग्छ? चाडबाड आउँछन् हात फैलाउनु पर्छ।” उसले खुइ..य गर्दै भन्यो
आज दाइँ हाल्ने भनेको छ, म एकछिन गएर आउँछु नत्र रिसाउँछ भन्दै निस्कियो, रमेश। ऊ भान्सामा पसी। फर्किएर, घैँटाको चिसो पानी ल्याऊ त भन्दै पिँढीमा बस्यो र टोपीले पसिना पुछ्दै कलकल पानी पियो।
सबै परिस्थिति नियाली रहेको छोराले बाबाको मुहार गम्भीरतापूर्वक हेर्दै भन्यो, ” जति व्यवस्था परिवर्तन भए पनि धनी र गरिब बीच विभेदको खाडल कहिले पुरिन्छ, बाबा?”
No ads found for this position


Facebook Comment