म निर्वाचनमा होमिँदैन, फिल्ममै सक्रिय रहन्छु : रेखा थापा
काठमाडौं। नायिका रेखा थापाले किताव र सिनेमा, साहित्य र सिनेमा उस्ताउस्तै रहेको बताएकी छन्। किताब यात्रा फाउण्डेशनद्वारा नेपाल पुलिस क्लबमा आयोजित किताब जात्राको दोस्रो दिन शुक्रबार उनले यी दुवै चीजमा समाजकै कथा हुने भएकाले समानता रहेको बताइन्।
उनले आफूले किताब पढ्ने गरेको बताएकी छन्। नेपालमा दु:खका कथा बेसी रहेको र आफूले पनि तिनै कथालाई देखाइरहेको उनको भनाइ छ। ‘हामीले समाज हाँसिरहेको कथा किताब र फिल्ममा कहिले देखाउन पाउँला?,’ उनले प्रश्न गरिन्।
सहजकर्ता नरेश भट्टराईले अब तपाईं निर्वाचनमा सहभागी हुने सम्भावना कत्तिको छ भनेर सोद्धा उनले यस पटक राजनीतिक द्रष्टा मात्र बन्ने बताएकी छन्। उनले आफू पछिल्लो समय फिल्ममै सक्रिय रहेको बताएकी छन्।
पढाइमा राम्री भए पनि कलाप्रतिको मोहले पढाइको रुची घट्दै गएको रेखाको अनुभूति थियो। उनले आफ्नो रुचीको क्षेत्रमा दक्षता हासिल गर्दा सफल भइन्छ भन्ने लागेर कलाप्रति बढी सक्रिय भएको उनले बताइन्।
सफल व्यक्तिको परिचय पढाइसँग जोड्न नहुने उनले बताइन्। ‘के हामीले बुद्धको पढाइ सोछ्दछौं। उसका कर्मले समाज र जीवमा प्रभाव पार्छ। कला साधना भएकाले क्लासको पढाइले मात्र जीवनमा अर्थ राख्दैन’, उनले भनिन्।







डिसी नेपाल








Facebook Comment