मेरिल्याण्डमा नेपाली समूदायले मनायो येन्या पुन्ही (इन्द्र जात्रा)

डिसी नेपाल
२९ भदौ २०७६ २०:२०

वाशिङ्टन। अमेरिकाको मेरिल्याण्डमा बसोबास गरिरहेका नेपाली समूदायले कुमारी सहितको २०१९ को येन्या पुन्ही (इन्द्र जात्रा) भव्यताका साथ मनाएका छन्।

नेवाः अर्गनाईजेसन अफ अमेरिका (एनओए)ले दोस्रो पटक आयोजना गरेको इन्द्र जात्रामा नेपालको जस्तै झझल्को देखिन्थ्यो। कुमारी सहितको रथ तानेर नेपालमा झै इन्द्र जात्रा मनाइएको हो। इन्द्र जात्रा मनाउन र रथ तान्न अमेरिकाका विभिन्न राज्यहरुबाट पनि नेपालीहरु आएका थिए ।

डिसी महानगर क्षेत्रमा १८ वर्ष अगाडि नेवा समुदाय द्वारा भाषा, संस्कृति तथा कलालाई जगेर्ना तथा प्रबर्धन गर्ने उद्देश्यले स्थापना भएको नेवाः अर्गनाईजेसन अफ अमेरिका (एनओए)ले नवौं इन्द्र जात्रा केही नयाँ प्रस्तुति गर्दै भव्यताको साथ सम्पन्न गरेको हो।

कार्यक्रममा अतिथिको रुपमा पूर्व मन्त्रि सांसद समाजवादी पार्टीका सह अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ रहेका थिए । श्रेष्ठले नेवा समुदायले बिदेशमा पनि भाषा, संस्कृति र कलाको जगेर्ना गर्नमा ठूलो भूमिका खेलेको बताए। संस्थाले गरेको कामको प्रशंसा गर्दै धन्यबाद दिएका थिए ।

यसै गरि मेरिल्याण्ड मन्टगोमेरी काउन्टीका नगर परिषद प्रतिनिधिले एनओएले नेपाली समुदायमा खेलेको भूमिकाको सराहना गर्दै काउन्टीको तर्फबाट सम्मान पत्र हस्तान्तरण गरेका थिए । उक्त सम्मान पत्र कार्यवाहक अध्यक्ष यज्ञमान शाक्यले लिएका थिए । साथै शाक्य सबैलाई स्वागत गर्दै प्रस्तुत गरिएको नाटक तथा अन्य प्रस्तुतिमा सहभागी रहेका थिए ।

इन्द्र जात्राका अवसरमा कुमारीलाई प्रस्तुत गर्दै नरसिंह अवतारले हिरण्यकशेपु बध गरिएको नाटक प्रस्तुत गरिएको थियो । हिन्दू धर्मका अनुसार नृसिँह “नरसिँह” अवतार भगवान विष्णु चौथो अवतार हो। दैत्यराज हिरण्यकशेपुको बध गर्नको निमित्त र भक्त प्रह्लादको उदार गर्नका निमित्त विष्णु भगवानले नरसिँहावतार धारण गर्नु परेको थियो।

हिन्दु धर्म ग्रन्थका अनुसार कश्यप ऋषिको पत्नी दितीको गर्भबाट दुईटा बालक हिरण्याक्ष र हिरण्यकशेपु पैदा भएका थिए। यिनिहरू ठुले भएपछि जता ततै उप्रदव मचाउन थाले। हिरण्याक्षलाई बराह भगवानले मारेका थिए ।

इन्द्र जात्रामा दुर्गा लाल श्रेष्ठको पुस्तक कुमारीले बिमोचन गरेकी थिइन् । उक्त कार्यक्रममा नेवा समुदायको परम्परागत भोज समय बजी सम्पूर्ण सहभागी अतिथिहरुलाई निशुल्क खुवाइएको थियो । उक्त कार्यक्रममा लाखे नाच तथा पुलु किसी (सेतो हात्ती)को नृत्यको साथै परम्परागत स्थानीय रुपमा सजिएकी कुमारी पनि प्रस्तुत गरिएको थियो । आर्थिक सहयोग गर्ने आयोजक तथा दानबिरको नाम रथमा ताम्रपत्रमा प्रकाशित गरिएको थियो।

तस्विर: राजीब श्रेष्ठ (फोटो बैंक स्टुडियो)

हेर्नुहोस् भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *