लुम्बिनी लायन्सले सुरु गर्यो ट्रफी यात्रा
काठमाडौं । दोश्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को बिजेता लुम्बिनी लायन्सले विजेता ट्रफी उत्सव यात्रा सुरु गरेको छ।
विजेता टिम लुम्बिनी लायन्सले नेपालगन्जस्थीत बागेश्वरी मन्दिरमा पूजा अर्चना गरेर विजेता ट्रफी उत्सव यात्रा सुरु गरेको हो। त्यस क्रममा ट्रफीलाई मन्दिर परिक्रमा गराइएको थियो। त्यसपछि नगर परिक्रमा गराई बर्दियातर्फ लगिएको छ।
बर्दियाबाट दाङ, रुकुम, रोल्पा, प्युठान, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, नवलपरासी हुँदै पुस १६ गते रुपन्देहीको भैरहवास्थित मायादेवी मन्दिरमा पुगेर विजेता ट्रफी उत्सव यात्रा समापन हुने बताइएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment