अमेरिकाको कोलोराडोमा पहिलो पटक ईन्द्रजात्रा सम्पन्न
कोलोराडो अमेरीका । नेवाः समुदायको धर्म संस्कृती संरक्षण तथा पहिचाहन गर्ने उद्धेश्यले कोलोराडोमा पहिलो पटक ईन्द्रजात्रा कार्यक्रम सम्पन्न भएको छ। कोलोराडो स्थित नेःवा खःलको आयोजनामा नेवा समुदायले मनाउने ईन्द्रजात्रा ईन्द्रको पुजा आरधना गरी बिभिन्न कार्यक्रमका साथ सम्पन्न भएको हो।

बयोबृद्ध समाजसेवी बिष्णुभक्त श्रेष्ठद्धारा पानसमा बत्तीबालेर उद्घाटन गरिएको कार्यक्रममा परंपरागत तरिकाबाट पुजा आजा तथा धाँः बाजा, धिमे बाजा, लाखेनाच प्रर्दशन गरि समेवजी बितरण गर्दै सम्पन्न गरिएको हो।

नेवाः खलःका अध्यक्ष प्रेमकाजी श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विश्वको सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर नेवाः समुदायको शिर उच्च पार्न सफल भएको भन्दै साहसिक पर्वतारोही रोहित श्रेष्ठलाई सम्मान गरिएको थियो। कार्यक्रममा सम्मानित श्रेष्ठले आÏनो यात्रा अनुभव सुनाएका थिए।

कोलोराडो स्थित संघ संस्थाका प्रतिनिधी, बुद्धीजिवी, गन्यमान्य, पत्रकार, सर्वसाधारणको उपस्थिती रहेको कार्यक्रममा कतिपय सहभागीहरु नेवारी पहिरहनमा सजिएर उपस्थित भएका थिए। संस्थाका उपाध्यक्ष श्याम श्रेष्ठद्धारा स्वागत गरेको कार्यक्रमको संचालन कोषाध्यक्ष संजय शाक्यले गरेका थिए। कार्यक्रमको अन्त्यमा अध्यक्ष प्रेमकाजी श्रेष्ठले नेवाः समुदायको संस्कृती पहिचाहन र संरक्षणको उद्धेश्यले आयोजित यस कार्यक्रलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गरेर कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए।

इन्द्रजात्रा काठमाडौं, भक्तपुर लगायत नेवार समुदायले मनाउने जात्रा हो। यसलाई येँया पुन्हि पनि भनिन्छ। इन्द्र जात्राको प्रमुख कार्य नै लिंगो (ध्वजा) स्थापना हो।

जात्रा भाद्र शुक्लपक्ष द्वादशीका दिन सुरू भई मंगल चौथी सम्म आठ दिन विभिन्न नाच, गान, रथयात्रा गरी सम्पन्न गरिन्छ। आफ्नी आमा वसुन्धराको व्रत निम्ति स्वर्गलोकका राजा इन्द्र काठमाडौं आएर पारिजातको फूल टिप्न लाग्दा उनलाई चोर भनी डोरीले पाता कसी बीच सडकमै जात्रा गरेको दिनको संझनामा इन्द्रजात्रा मनाउने गरिन्छ।



No ads found for this position

डिसी नेपाल
Facebook Comment