जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

डिसी नेपाल
९ पुष २०८२ २०:५०
28
Shares

काठमाडौं । जैसीदेवल तेक्वान्दो डोजाङका खेलाडीले भारतको कोलकातामा भएको नवौँ खुला अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा ९ स्वर्ण, १ रजत र १ कास्य गरी ११ पदक जितेका छन्।

पुम्सेमा रोजेन प्रजापति र मुविक्क्षा गजुरेलले स्वर्ण तथा वितिशा तामाङले रजत जितेको डोजाङका प्रमुखसमेत रहेका टोली प्रमुख राजेश प्रजापतिले जानकारी दिए। गेरोगीमा अभिमन्यु गजुरेल, वितिशा तामाङ, यमुना जर्घा मगर, अनमोल थापामगर, सुप्रिया जोशी, राजीव गुरुङ र मुविक्क्षा गजुरेलले स्वर्ण तथा राहुलहाङ लिम्बूले कास्य हात पारे।

उक्त प्रतियोगितामा अन्जित राई टिम प्रशिक्षक तथा भरत रञ्जित र सञ्जयध्वज जोशी अफिसियलका रुपमा सहभागी भएका थिए। प्रतियोगिता भारतको कोलकातास्थित विश्व बङ्गला कन्भेन्सन सेन्टरमा यही पुस ६ देखि ८ गतेसम्म भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *