दोस्रो दिनमै सकियो ५ दिनका लागि निर्धारित एशेज सिरिजको चौथो टेस्ट

डिसी नेपाल
१२ पुष २०८२ १३:४७
144
Shares

काठमाडौं । अष्ट्रेलिया र इङ्ग्ल्याण्डबीचको जारी एशेज शृंखलाको चौथो टेस्ट खेल इङ्ग्ल्याण्डले ४ विकेटले जितेको छ।

खेलको दोस्रो दिन इंग्ल्याण्डलाई जितका लागि १७५ रनको लक्ष्य दिइएको थियो, जुन उनीहरूले ६ विकेट गुमाउँदै पूरा गरे।

इङ्ल्यान्डका लागि ज्याकब बेथेलले दोस्रो इनिङमा सर्वाधिक ४० रन बनाए भने ओपनर ज्याक क्राउलीले ३७ रन योगदान दिए।

यस खेलको पहिलो दिन २० विकेट झरेको थियो भने दोस्रो दिन १६ विकेट झरेको थियो।

मेलबर्न क्रिकेट मैदानमा भएको चौथो टेस्टको पहिलो दिन अष्ट्रेलियाले आफ्नो पहिलो इनिङमा १५२ रन बनाएको थियो भने इङ्ग्ल्याण्ड आफ्नो पहिलो इनिङमा केवल ११० रनमा अलआउट भएको थियो।

त्यसपछि खेलको दोस्रो दिन अस्ट्रेलिया आफ्नो दोस्रो इनिङमा १३२ रनमा अलआउट भयो र इङ्ल्यान्डलाई जितका लागि १७५ रनको लक्ष्य दियो।

अस्ट्रेलियाको दोस्रो इनिङमा, ट्राभिस हेडले सर्वाधिक ४६ रन बनाए। यस इनिङमा इङ्गल्याण्डका ब्राइडनले सबैभन्दा धेरै विकेट लिए, चार अस्ट्रेलियाली ब्याट्सम्यानलाई आउट गरे।

अस्ट्रेलियाले शृङ्खलामा ३-१ को अग्रता लिएको छ। एसेजको पाँचौं तथा अन्तिम खेल जनवरी ४ मा सिड्नीमा खेलिनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *