समाजवाद ल्याउन गरीबीविरुद्ध लड्नुपर्छ: किराँती
कोरिया, सोल । समाजवादी पार्टीका युवानेता मिलनकान्छा किरातीले समाजवाद ल्याउन गरीबीविरुद्ध लड्नुपर्ने बत्ताएका छन्।
उनले नयाँ शक्ति पार्टीनिकट र सङ्घीय समाजवादी फोरमनिकट प्रवास कोरियाको दुई सङ्गठनको समायोजन घोषणा सभालाई सम्बोधनगर्दै उक्त कुरा बताएका हुन्।
पँुजीवादी अर्थ व्यवस्थामा हरेक वस्तुसँग निजी स्वमित्वको कारण वर्गीय विभेद रहेसम्म समाजवादी युग आउन नसक्ने उनले बताए।
त्यसको लागि पुँजीवादी युगले थोपरेको विभेद र गरीबीविरुद्ध लड्नुपर्ने जिकिर गरे। उनले भने, हिजो सामन्ती राज्य व्यवस्थाको विरुद्ध लड्यौँ । राजाको विरुद्ध लड्यौँ । अब, गरीबीको विरुद्ध लड्नु पर्छ ।
समाजवादी युगसम्म नेपाली समाजलाई लैजाने जिम्मेवारी समाजवादी पार्टीका अभियानताले वोध गर्नुपर्ने र त्यसको लागि पहिचानको मुद्दालाई ठीक ढङ्गले बुझ्न सक्नुपर्ने बताए ।
घोषणा सभा कार्यक्रममा उपस्थित अन्य सङ्घ, संस्थाका प्रतिनिधीहरुले समाजवादी पार्टी सरकारमा बस्नुको कारणबारे चर्को प्रश्न गरेका थिए । उनले जवाफ दिदै भने, विभेदपूर्ण संविधान जारी भएको सबैलाई अवगत छ । त्यसलाई सदनबाट दुईतिहाई सदस्य मतले मात्रै संशोधन गर्न सक्छ ।

त्यसैले, सत्तापक्षलाई संविधान संशोधनलगायतका अन्य विषयमा सहमति भए अनुरुप दुईतिहाई बहुमत पु¥याउन विविध समस्याका वावजुद पनि हाम्रो पार्टी सरकारमा छ । यदि, सहमतिकोे बुँदाहरु कार्यन्वायन नभए यहि दसैँ–तिहारपछि सरकारबाट बाहिरिने सम्भावना धेरै छ । बाहिरिन सक्छौँ ।
समायोजन घोषणा सभाबाट नेफेसो कोरिया र आईएनएस कोरिया एकभई नेपाली समाज निर्माण भएको थियो । ७३ सदस्यीय समाजको अध्यक्षमा दर्पण गुरुङ चयन भएका थिए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment