जब चन्द्रमाको कक्षमा आमने–सामने भए चीन र भारत

डिसी नेपाल
३० भदौ २०७६ २२:४४

नयाँ दिल्ली (एजेन्सी) । चन्द्रमामाको दक्षिणी धु्रवमा विक्रम ल्याण्डर खसेको छ। भारतीय अन्तरिक्ष एजेन्सी (इसरो)का वैज्ञानिकहरु अझै पनि विक्रम ल्याण्डरसँग सम्पर्क गर्ने प्रयासमा छन्। इसरोको यो काममा अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले सहयोग गरिरहेको छ।

नासाले आफ्ना तीन डीप स्पेस एन्टिनाभएका सेन्टर्सलाई सक्रिय बनाएको छ।

उता इसरोले आफ्ना डी स्पेस नेटवर्कको पनि उपयोग गरिरहेको छ। तर, यो विषयमा हालसम्म कतैबाट पनि चीनको नाम आएको छैन। अब चन्द्रमाको कक्षमा चीन र भारत आमने सामने भएका छन्।

चन्द्रमा भएको चीन र भारतको मुठभेड लद्दाख र अरुणाचल प्रदेशको सीमामा भएको जस्तो होइन । यो भेट भारतको चन्द्र यान–२ को अर्बिटर र चीनको अर्बिटर क्यूकियाओबीचको हो। चीनले २० मे २०१८ मा आफ्नो चन्द्र मिशन चांगाई–४ पठाएको थियो।

चांगाई–४ को ल्याण्डर र रोभरले चन्द्रमाको सतमा ७ डिसेम्बर २०१८ मा ल्याण्ड गरेका थिए। अझै पनि यी दुबै चन्द्रमाको सतहमा छन्। जबकी उनीहरुको अर्बिटर क्यूकियाओ चन्द्रमाको चारैतर्फ परिक्रमा गरिरहेको छ। क्यूकियाओले त्यहि काम गरिरेको छ जो भारतको चन्द्रयान–२ को अर्बिटरले गरिरहेको छ । अथवा चन्द्रमाको सतहबाट तस्वीर र डेटा पठाइरहेको छ।

खगोलविद स्कट टायलीले १२ सेप्टेम्बरमा एक ट्वीट गरे। उनले चन्द्रयान–२ को अर्बिटर र क्यूकियाओको अर्बिटर कसरी एकआपसमा भिडे भन्ने लेखेका छन्। यी दुईको भेट करिब १२ मिनेटको थियो। यसपछि दुबै आ आफ्नो कक्षमा परिक्रमा गर्न शुरु गरे।

अमेरिका र रुसपछि चीन चन्द्रमामको सतहमा ल्याण्डर रोभर अवतरण गराउने तेस्रो मुलुक हो । चनीले पनि चन्द्रमाको दक्षिणी धु्रव नजिकै वान कार्मेन क्रेटरमा आफ्नो ल्याण्डर रोभर अवतरण गराएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *