म्यानचेस्टर युनाइटेड र बर्नलीले अंक बाँडे

डिसी नेपाल
२४ पुष २०८२ ७:१८
12
Shares

काठमाडौं। इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र एस्टन भिल्ला दुवै बुधबार बराबरीमा रोकिएका छन् र यसले उपाधि होडमा लिग तालिकाको शीर्षमा रहेको आर्सनललाई अझ फाइदा भएको छ।

सिटीले ब्राइटनसँग १–१ को बराबरी खेलेको हो भने क्रिस्टल प्यालेर र भिल्लाले गोलरहित बराबरी खेले। सिटीले इर्लिङ हालान्डको गोलले अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन्। इतिहाडमा काओरु मितोमाले बराबरी गोल फर्काए।

हालान्डले सिटीका लागि गरेको गोल संख्या १ सय ५० पुगेको छ। सिटीको २१ खेलबाट ४३ अंक भएको छ। भिल्ला पनि ४३ अंकमै रह्यो । आर्सनल भने ४८ अंकमा शीर्ष स्थानमा छ।

अन्य खेलमा दस खेलाडीमा सीमित चेल्सी भने फुलहमको हातबाट २-१ ले पराजित रह्यो। यस्तै बर्नमाउथले टोटनहमलाई ३-२, ब्रेन्टफोर्डले सन्डरल्यान्डलाई ३-० र न्युकासल युनाइटेडले लिड्स युनाइटेडलाई ४–३ ले हराए । एभरटन र उल्भ्सले १-१ को बराबरी खेले।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.