बंगलादेश प्रिमियर लिगमा एउटै टिमबाट बाबुछोराको ब्याटिङ, अर्धशतकीय साझेदारी

डिसी नेपाल
२८ पुष २०८२ १२:०६
112
Shares

काठमाडौं । बंगलादेश प्रिमियर लिगमा एउटै टिमबाट बाबुछोराले साथमा ब्याटिङ गरेर नयाँ इतिहास बनाएका छन् । यी बाबुछोरा अफगानिस्तानका अलराउण्डर मोहम्मद नाबी र उनका छोरा हसन इसाखिल हुन् ।

उनीहरूले हिजो भएको नोखाली एक्सप्रेस र ढाका क्यापिटल्सबीचको खेलमा नोखाली एक्सप्रेसका तर्फबाट खेल्दै ५३ रनको साझेदारी गरे । यो खेलमा छोरा असन इसाखिल प्लेयर अफ म्याच भए । उनले ६० बलमा ९२ रन बनाए । मोहम्मद नाबीले १३ बलमा १७ रन बनाए ।

४१ वर्षका नाबीका छोरा हसन अहिले १९ वर्षका छन् । उनले २०२४ मा नेपाल प्रिमियर लिगको पहिलो सिजनमा चितवन राइनोजका लागि खेलेका थिए । उनी अफगानिस्तानको अण्डर १९ टिमका सदस्य हुन् । २०२३ को अण्डर १९ विश्वकप केलेका उनी अफगानिस्तानको सिनियर राष्ट्रिय टोलीमा डेब्यूको पर्खाइमा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.