बकैया कप २०८२ को दोस्रो दिन महिला खेल सम्पन्न

डिसी नेपाल
२९ पुष २०८२ १६:०४
28
Shares

हेटौंडा। मकवानपुरको बकैया गाउँपालिकामा सञ्चालित ७औं बकैया कप २०८२ अन्तर्गत आज दोस्रो दिन महिला तर्फको खेल सम्पन्न भएको छ। आज बिहान वडा नं.-३ र वडा नं.–४ बीच प्रतिस्पर्धा भएको थियो।

खेलको पहिलो हाफमा वडा नं.–३ की खेलाडी रेनुका बलले उत्कृष्ट प्रदर्शन गर्दै १ गोल गरिन् र आफ्नो टिमलाई अग्रता दिलाइन्। दोस्रो हाफमा पुनः वडा नं.–३ की सबिना भोम्जनले गोल गर्दै टोलीको अग्रता २–० मा पुर्‍याइन्। अन्ततः खेल वडा नं.–३ ले २–० को जित हात पार्न सफल भयो।

आजको खेलमा उत्कृष्ट प्रदर्शन गरेकी रेनुका बल लाई ‘म्यान अफ दी म्याच’ घोषित गरिएको छ। ७औं बकैया कपले स्थानीय खेलकुद विकाससँगै खेलाडीहरूको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेलिरहेको आयोजक समितिले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *