जनमत पार्टी प्रवेश गरेका महतोलाई सिराहामा ४ टिकट

डिसी नेपाल
४ माघ २०८२ ११:२४
168
Shares

काठमाडौं। जनमत पार्टीले सिराहा क्षेत्र नम्बर ४ मा पूर्व मन्त्री डा.वीरेन्द्र प्रसाद महतोलाई उम्मेदवार बनाएको छ।

गत २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा डा।महतोलाई जनता समाजवादी पार्टी नेपालले सिराहा ४ बाटै उम्मेदवार बनाएको थियो।

उनी गत प्रतिनिधिसभा निर्वाचनमा २४ हजार १ सय २ मत पाएर निर्वाचित भएका थिए। आजै जनमत पार्टी प्रवेश गरेका डा।महतोलाई जनमत पार्टीका अध्यक्ष डा।सिके राउतले टिकट दिएका हुन्। प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ।

आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि यही माघ ६ गते मनोनयन दर्ताको कार्यतालिका छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *