सुनको मूल्यमा नयाँ रेकर्ड
काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ४ हजार २ सय रुपैयाँले बढेर २ लाख ८२ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन आइतबार छापावाल सुन तोलामा २ लाख ७७ हजार ८ सय रुपैयाँ कायम भएको थियो।
यस्तै सोमबार चाँदीको मूल्य पनि बढेको छ। आइतबार तोलामा ५ हजार ६२५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर ५ हजार ८१० रुपैयाँ कायम भएको महासंघको भनाइ छ।
महासंघका अनुसार सोमबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ४१ हजार ७७० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार ९८१ रुपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment