एमाले अध्यक्ष ओलीद्वारा झापा क्षेत्र नं. ५ मा आगलागीबाट प्रभावित संरचनाहरूको निरीक्षण

डिसी नेपाल
६ माघ २०८२ १४:२५
32
Shares

काठमाडाैं। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नम्बर ५ मा गत भदौ २३ र २४ गते जेन-जी आन्दोलनका क्रममा आगजनी भएका संरचनाहरूको निरीक्षण गरेका छन्।

जेन-जी आन्दोलनपछि पहिलोपटक गृहजिल्ला झापा पुगेका अध्यक्ष ओलीले दमक र आसपासका क्षेत्रमा प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेका स्थानीय तहका भवन, सार्वजनिक संरचना तथा निजी सम्पत्तिहरूको अवलोकन गरेका हुन्। निरीक्षणका क्रममा उनले क्षति भएको सम्पतीको पुनर्निर्माण र प्रभावितहरूलाई राहत उपलब्ध गराउन आवश्यक पहल गर्ने बताए।

गत भदौमा भएको युवा नेतृत्वको जेन-जी आन्दोलनका क्रममा देशव्यापी हिंसा भड्किएको र झापामा पनि दमक नगरपालिका, भ्यू टावरलगायतका स्थानमा आगजनी तथा तोडफोड भएको थियो। सो घटनापछि ओलीमाथि काठमाडौं उपत्यका बाहिर यात्रा प्रतिवन्ध लगाइएको थियो। जुन हालै मात्र हटाइएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *