आइसिसी वुमन्स टी-२० विश्वकप विश्व छनोट : नेदरल्यान्ड्ससँग नेपाल पराजित

डिसी नेपाल
८ माघ २०८२ १२:५४
60
Shares

काठमाडाैं। आइसिसी वुमन्स टी-२० विश्वकप विश्व छनोटमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपाललाई नेदरल्यान्ड्सले २ रनको झिनो अन्तरले पराजित गरेको हो।

नेदरल्यान्ड्सले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपालले ५ विकेटको क्षतिमा १३८ रन मात्र जोड्न सक्यो। प्रतियोगितामा दश टोली छन् भने शीर्ष चार टोली सन् २०२६ को जुनमा इंग्ल्यान्ड र वेल्समा हुने टी-२० विश्वकपमा पुग्नेछन्।
नेदरल्यान्ड्सका लागि कप्तान बाबेट डे लिडले सर्वाधिक ४९ रन बनाइन् । स्टेर कालिसले ३० रन बनाइन्। रोबिन रिके १९ तथा आइरिस ज्विलिङ १४ रनमा अविजित रहे।

नेपालका लागि रुबिना क्षेत्रीले २ विकेट लिइन् भने रिया शर्मा, सुमन विष्ट र पूजा महतोले १-१ विकेट लिए। नेपाल यसअघि पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको थियो। नेदरल्यान्ड्स आजको जितसँगै सुपर सिक्समा पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.