माउन्ट एभरेष्ट तेक्वान्दो फागुनमा

डिसी नेपाल
११ माघ २०८२ २१:१५
12
Shares

काठमाडौं । नेपाल तेक्वान्दो सङ्घको आयोजनामा चौथो माउन्ट एभरेष्ट अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगिता (डब्लुटी जी वान) तथा दोस्रो माउन्ट एभरेष्ट जिसिएस अन्तरराष्ट्रिय पुम्से प्रतियोगिता (डब्लुटी जी वान) फागुन १ गतेदेखि हुने भएको छ।

प्रतियोगितामा २० राष्ट्रका करिब एक हजार ५०० खेलाडीको सहभागिता रहने आयोजक सङ्घका उपाध्यक्ष भानबहादुर चन्दले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। उनका अनुसार गेरोगी/पुम्सेतर्फ जम्मा ७४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरिरहेको मिसन– २०२६ को विशेष प्रशिक्षणमा रहेका खेलाडी पनि सहभागी हुने सङ्घका सदस्य कुमार लामा घिसिङले बताए।

प्रतियोगिता सञ्चालन गर्न करिब रु तीन करोड खर्च लाग्ने आयोजकले जनाएको छ। प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न सङ्घका सल्लाहकार परिषद्का अध्यक्ष एवं तेक्वान्दो सङ्घका पूर्वअध्यक्ष प्रकाशशम्शेर राणाको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छभने विभिन्न १३ उपसमिति पनि गठन गरिएका छन्। छदिने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा खेलाइने जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.