कराते टोली मलेसियातर्फ
काठमाडौं । पाँचौँ विश्व गोजुरियो कराते च्याम्पियनसिपमा भाग लिन १६ सदस्यीय नेपाली टोली मंगलबार मलेसियातर्फ प्रथान गरेको छ । अगामी असोज २ देखि ६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागी हुन जाने टोलीलाई जापान गोजुरियो कराते डो केन्बोकाई सङ्घका अध्यक्ष विदुर कुँवरले बिदाइ गरे ।
प्रतियोगितामा नेपालका सुमन तिमिल्सिनाले सिनियर कातामा, राजु पौडेलले भेट्रान कुमुतेमा, दीपेश अधिकारीले ५० किलो तौल समूहको कुमुतेमा, निरज घिमिरेले ४५ किलो, नीता तामाङले ५५, सुरज तामाङले ६५, सरोज कार्कीले ७५, सरलराज तामाङले ५५, करुणा कामीले ५०, आरती गुरुङले ५५ तथा सुमिना थापा मगरले ५० किलो तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।
टोलीमा रोहित क्षत्री, डेभिड गुरुङ, सजना कुँवर, सपना कार्की र राजीव श्रेष्ठसमेत सहभागी छन् । प्रशिक्षकका रुपमा सुमन तिमल्सिना मलेसिया प्रस्थान गरेका छन् ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment